Rule 16
नयाँ राहदानी जारी गर्न सकिने
(१) ऐनको दफा १४ मा उल्लिखित अवस्थाका अतिरिक्त राहदानी बाहकको नाममा जारी भएको राहदानीको बहाल अवधि एक वर्षभन्दा बढी बाँकी रहेको भए तापनि देहायका अवस्थामा नयाँ राहदानी जारी गर्न सकिनेछ:-

(क) राहदानी हराएको कारण देखाई निवेदन दिएमा,

(ख) कुनै घटना, उपचार वा अन्य कारणबाट राहदानीमा रहेको फोटोभन्दा राहदानी बाहकको मुखाकृति फरक हुन गई सोको कारण सहित निवेदन दिएमा,

(ग) बाहकको राहदानीमा उल्लेख भएको निकटतम व्यक्तिको नाम, थर तथा ठेगाना परिबर्तन गर्नु पर्ने भई सोको कारण र प्रमाण सहित निवेदन दिएमा ।

(च) वैदेशिक रोजगारमा जाने कामदारको राहदानीको बहाल अवधि निजको वैदेशिक रोजगारको लागि स्वीकृत अवधिभन्दा. कम भएको प्रमाणसहित नयाँ : राहदानीको लागि निवेदन दिएमा,

(छ) बिदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीको राहदानीको बहाल अवधि निजको अध्ययन अवधि भन्दा कम भएको प्रमाणसहित नयाँ राहदानीको लागि निवेदन दिएमा |

(२) कसैको राहदानी जारी भई विदेशमा निजको नाम, थर, जन्म मिति वा स्थायी ठेगाना सम्बन्धी अभिलेख खडा भइसकेको अवस्थामा नयाँ राहदानीको लागि निवेदन दिँदा निजको नाम, थर, जन्म मिति वा स्थायी ठेगानामा सामान्य हिज्जे वा-अङ्क फरक पर्न गएकोमा निजलाई साविककै अभिलेख बमोजिम नयाँ राहदानी जारी गर्न सकिनेछ।

(३) ऐनको दफा १४ को खण्ड (घ) को अवस्थामा बाहेक उपनियम (१) बमोजिम नयाँ राहदानी जारी गर्दा अनुसूची-४ बमोजिमको दस्तुर लाग्नेछ ।

तर विभाग, नियोग वा जिल्ला प्रशासन कार्यालयको सामान्य त्रुटीका कारण जारी भएको राहदानी प्रयोग हुन नसक्ने भई कसैले नयाँ राहदानी माग गरेमा विभागले कुनै दस्तुर नलिई नयाँ राहदानी जारी गर्नु पर्नेछ।